सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २ । ए डिभिजन लिग आउँदो असोज १३ गतेदेखि माघ १६ सम्म हुने भएको छ । ४ बर्षदेखि सञ्चालन हुन नसकेको लिगको लागी राष्ट्रिय टिमका पूर्व कप्तान तथा एआईजी विज्ञानराज शर्माको अध्यक्षतामा रहेको लिग कमिटीले विभिन्न चरणमा क्लबहरुसँग छलफल गरेपछि लिगको मिति घोषणा गरीएको हो ।
एन्फा लिग कमिटीका अनुसार लिगमा १४ वटा क्लबको सहभागिता जनाउने छन् । नेपालको शीर्ष डिभिजनको लिगमा थ्रीस्टार क्लब, मनाङ् मस्र्याङ्दी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरी, नेपाल आर्मी, जाउलाखेल युथ क्लब, फे्रन्ड्स क्लब, संकटा, मछिन्द्र, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम, ब्रिगेज ब्वाइज, हिमालयन शेर्पाले भिड्नेछन् ।
लिग कमिटीले सबै क्लबलाई बढीमा ३५ र कम्तिमा १८ खेलाडी अनुबन्धको स्वीकृति समेत प्रदान गरेको छ । त्यतै प्रत्येक क्लबले बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्न पाउने र खेलमा बढीमा तीन जनालाई मैदानमा खेलाउन पाउने जनाएको छ ।
खेलाडीहरुले आफनो नाम दर्ता भाद्र १५ देखीको ८४ दिनभित्र गनु पर्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा