सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २। नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भोलिनै हुने सम्भावना देखिएको छ । दुवै दलको शिर्ष नेताहरुले कनैपनि समयमा पार्टी एकता हुने अभिब्याक्ती दिईरहेको समयमा पार्टी एकता तत्काल हुने उच्च स्रोतले बताएको छ ।
स्रोतका अनुसार नेकपा एमाले र माओवादी केन्द्रबीच भोलिनै पार्टी एकता गर्न सहमत भएका हुन्। सम्भवत भोलि नै एकता घोषणा हुने स्रोतको दावी छ । पार्टी एकताको बिषयमा हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव नेपालबीच छलफल भएको थियो ।
त्यस पस्चात बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता भएपछि एकताको सहमति जुटेको हो । सम्भवत भोलि मदन भण्डारीको स्मृती दिवस परेकाले यो समयमै एकता घोषणा हुने स्रोतले बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा