भर्खरै

ओली र प्रचण्ड बीच अढाई घण्टा भेटवार्ता, पार्टी एकता संयोजन समितिको बैठक भोली


 May 16, 2018     सेतो खबर

काठमाडौं, जेठ २।  एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार अढाई घण्टा भेटवार्ता भएको छ । बालुवाटारमा दुवै अध्यक्षबीच पार्टी एकताको विषयमा छलफल भएको छ ।

केही समयदेखि पार्टी एकताको विषयमा एमाले र माओवादीबीच सम्बन्ध चिसिदै गएको थियो । दुवै अध्यक्षाबीचकाे वार्ता प्रगतिउन्मुख भएको छ । दुवै अध्यक्ष बिहीबार एकता स‌याेजन समितिकोकाे बैठक बसाउन सहमत भएका छन् ।

भोली बिहीबार एकता संयोजन समितिको बैठक बसेर एकताको सम्बन्ध निर्णय लिदैछ ।  प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले एकता सम्बन्धिको प्रतिवेदनमा समेत दुवै अध्यक्षबीच छलफल भएको बताए । उनले एकतालाई सकारात्मक निश्कर्षमा पुर्‍याउन दुवै अध्यक्ष सहमत भएको बताए ।

LIC
LIC



Ime Inside