सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रि मोदीको दुई दिने भ्रमणको क्रममा नागरीक अभिनन्दनमा २ नं प्रदेशका मुख्यमन्त्रिले दिएको अभिब्यक्ति केन्द्रिय निति नभएको स्पष्ट पारेका छन् ।
मंगलबार युवा संघको २८ औँ स्थापना दिवसमा आयोजित कार्यक्रम उद्घाटन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्रि ओलीले केन्द्रिय सरकारले नबोलेकाले यो निति उहाँको निति होला भनेका छन् ।
कार्यक्रमा ओलीले भने “प्रदेश दुईका मुख्य मन्त्रिले त्यसरी नबोल्नु पर्थो तर उनले त्यसरी बोल्नु भयो । त्यो नेपाल सरकारको बोली होइन नेपाल सरकारको बोली त मैले बोल्नु पर्थो त्यहाँ केन्द्रबाट रक्षा मन्त्रिले बोल्नुपर्छ, परराष्ट्रमन्त्रिले बोल्नु पर्थो । उहाँले त्यहा स्वागत गर्दा धन्यवाद दिदा आफनो निति बचाको हो कि ? मति विगारेको हो कि ? जे भए पनि उहाँले बोल्न हुदैनथ्यो तर त्यो केन्द्रिय निति होइन । त्यसले हाम्रा उपलब्धिहरुलाई तल माथि पार्न सक्दैन “।
उहाँले अगाडी भने “त्यहाँ कसैले झण्डा गलत नियतले गलत आकारको झण्डा गाड्यो कि जानि बुझिकन राख्यो कोही एकजनाले तिन चार जनाले अन्यथा झण्डा फुत्त कतैबाट गलत झण्ठा देखाउदैमा त्यो नै नेपाल भो त ? त्यो ब्ल्याक एक्सपेक्ट हो ।
सोमबार व्यवस्थापिका संसदमा बोल्दै गगन थापाले अरूलाई लम्पसारवादी भन्ने केपी ओली आफैँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु लम्पसार परेको जवाफ दिदै उनले भने “संविधान संशोधन गर्न सकिनँ माफ पाउँ भनेको छु र घुँडामा भ्वाङ पर्न ?” भन्दै थापालाई कटाक्ष गरेका छन्
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा