भर्खरै

‘रेस ३’ को ट्रेलर रिलिज, सलमानको जबरदस्त एक्शन र बबि देओलको स्टाइलिश लुक्सको चर्चा


 May 15, 2018     सेतो खबर

जेठ १ । सलमान खान, ज्याकलिन फर्नानडेज जस्ता स्टारले सजिएको फिल्म ‘रेस ३’ को ट्रेलर सार्वजनिक भएको छ । सलमान खानले पछिल्लो दुई दिनदेखी आफनो फ्यानहरुलाई ट्विटरमा सताए पश्चात रेमो डिसुजाको यो मल्टीस्टार फिल्मको ट्रेलर रिलिज भएको हो ।

रेमो को यो फिल्ममा सलमान खानले जबरदस्त एक्शन गरेको देखिनेछन् । लामो समय पछि बलिउडमा फेरी स्टाइलिश लुक्स लिएर आएका बबि देओलले पनि तपाईलाई धेरै नै इम्प्रेस गर्नेछन् । फिल्मको यो ट्रेलरमा दुबै जनालाई दमदार भुमिकामा देख्न सकिनेछ ।

निर्माता रमेश तौरानीको यो फिल्मको ट्रेलरमा ज्याकलिन फर्नानडेज र डेजी शाहलाई बोल्ड लुक्समा देख्न सकिने छ ।

‘रेस ३’ को यो नयाँ ट्रेलरमा जबरदस्त एक्शन र फिल्म सस्पेन्समा देखाइएको छ । सलमान खान यो रेसको सिकन्दर बनेको देखाइएको छ ।

यो फिल्म १५ जुनमा रिलिज हुने भएको छ । ‘रेस’ फिल्मको पहिलो २ फिल्ममा सैफ अलि खान लिड रोलमा थिए भने ‘रेस ३’ मा पहिलो पटक सलमान खान देखिदैछन् ।

हेनुहोस् रेस ३ को ट्रेलर:

LIC



Ime Inside