भर्खरै

वित्तिय साक्षरता दिने ‘संबृद्धि’ नामका डकुड्रामा सार्वजनिक (भिडियोसहित)


 May 13, 2018     सेतो खबर

काठमाण्डौ । वित्तिय साक्षरता सम्बन्धि जानकारी दिने उदेश्यले तयारी पारीएको ‘संबृद्धि’ नामका डकुड्रामा सार्वजनिक भएको छ ।

फाइनान्सियल लिट्रेसीमा अनुसन्धान तथा तालिम दिदै आएकी इन्दिरा पन्तको लेखन तथा निर्माण मा बनेको ‘संबृद्धि’ लाई किसन अर्यालले निर्देशन गरेका हुन्।

डकुड्रामालाई श्याम कुवर र मुकेश हुमागाईले खिचेका छन भने सम्पादन नकुल खड्काले गरेका हुन् ।

करिब २० मिनेट लामो भिडियोमा रबि गिरी , मञ्जु श्रेष्ठ , रिस्ता बस्नेत , रिनेक्स बस्नेत , श्रीजना कार्की, श्रींखला कार्की , अंक्रिश प्रधान , कौसल तिमल्सिना, बिराज तिमल्सिना , लगाएतका कलाकारले अभिनय गरेका छन्।

भिडियो मा पैसा कमाउन, बचत गर्न र बचत गनुपर्ने आवश्यकताहरुको विषयमा सिकाउने प्रयास गरीएको छ ।

हेनुहोस् भिडियो:

LIC



Ime Inside