सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख ३० । इंडियन प्रिमियर लिग (आईपिएल) मा शनीवार भएको ४५ औ म्याचमा नेपालका स्पिनर सन्दिप लामिछाने आवद्ध दिल्लि बैगलोरसँग ५ विकेटले पराजित भएको छ । नेपालीहरुले निकै महत्वका साथ हेरेको यो उनको आईपिएलमा पहिलो डेब्यु थियो उनले यसअघि आफनो टिमले ११ म्याच खेलिसक्दा पनि उनले मौका पाएका थिएनन् ।
सन्दीपले आफ्नो बलिङको दोस्रो ओभरमा पृथव पटेललाई छ रनमा एलबीडब्ल्यू आउट गरेका थिए। ओपनिङ बलरका रुपमा आएका सन्दीपले भारतीय कप्तान विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंलोरविरुद्धको पहिलो खेलमा उत्कृष्ट बलिङ गरेका थिए।
पहिला ब्याटिङ गरेको दिल्लिको लागी ऋषभ पंत ६१ र आफनो पहिलो आईपिएल म्याच खेलेका अभिषेक शर्मा ४६ रनको मद्यतले२० ओभरमा ४ विकेट गुमाउदै १८१ रनको चुनौतीपुर्ण स्कोर खडा गरेको थियो । बैगलोरले एबी डिविलियर्स ७२ र कप्तान विराट कोहली ७० को बीचमा भएको शतकीय साझेदारीको मद्यतले एक ओभर वाकी छदै पाँच विकेट गुमाउदै लक्ष्य हासिल गर्यो ।
दिल्लिले बैगलोरलाई राम्रो शुरुवात हुनबाट त रोकेको थियो तर जित दर्ता गर्नबाट भने रोक्न सकेन र १८ रनमै उसको दुबै ब्याट्सम्यान पार्थिव पटेल ६ तथा मोइन अली १ रनर्म पवेलियन फर्काइदिए । अलीलाई ६ रनको कुल स्कोरमै ट्रेट बाउल्टले आफनो शिकार बनाए त्यस्तै पटेललाई आफनो पहिलो म्याच खेलेका सन्दिपले लामिछानेले आउट गरे । यसपछि कोहली र डिविलियर्सको जोडीले दिल्लिको बलरलाई अरु हाभी हुन दिएनन् दुबैले तेस्रो विकेट लिए ११८ रनको साझेदारी गर्दे टिमलाई जितको दिशामा लगे ।
कोहलीले आफनो अर्धशतकीय पारीमा ४० बलको सामान गर्दे सात चौका तथा तीन छक्का ठोके । उनलाई अभित मिश्राले १३६ को कुल स्कोरमा पंतको हाथबाट क्याच गराए । मनदीप सिंह (१३) १५८ को कुल स्कोरमा आउट भए । सरफारज खान (११) को रुपमा बैग्लोरले १८ औ ओभरको पाचौ बल आफनो पाचौ विकेट गुमाए । डिविलियर्सले १९ औ ओभरको अन्तिम बलमा छक्का हान्दै आफनो टिमलाई जित दिलाए । डिविलियर्सले ३७ बलका सामना गर्दे ६ छक्का तथा ४ चौका हाने ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा