सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २७ । अशोक दर्जीको ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत रिलिज भएको २४ घण्टा नबित्दै युट्युवको ट्रेडिङ नम्बर वानमा आएको छ । भाईरल ब्वाईको नामबाट चिनिएका बाल गायक दर्जीको उक्त गीत समाचार तयार पार्दा १७ घण्टाको अवधिमा ७ लाख ३० हजार भन्दा बढिले हेरीसकेका छन् । गितमा दर्जी र टङ्क बुढाथोकीको स्वर संयुक्त आवाज दिएका छन् ।
बुधवार काठमाण्डौमा एक कार्यक्रमका विच रिलिज गरेको यो गीत बिहीबार बिहानै ट्रेडिङ वानमा आएको हो । गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत, निर्देशन र सम्पादन टङ्क बुढाथोकीको आफैको रहेको छ। म्युजिक भिडियोमा टङ्क बुढाथोकी र दर्जी आफैले अभिनय समेत गरेका छन् । यो भिडियोलाई भुपेन्द्र तुम्बहाम्फेले खिचेका छन् ।
भिडियो हेनुहोस्
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा