सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख २५ । ग्लोबल आईएमइ बैंक र एल.आई.सी. नेपाल बिच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा ग्लोबल आईएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एल.आई.सी. नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका छन् ।
जिबन बिमालाई ग्राहकको पहुँचसम्म पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको एल.आई.सी. नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले जानकारी दिनुभयो ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जिबन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।
योसँगै एल.आई.सी. नेपालका बिमा योजना तथा बिमा सेवा सजिलैसँग ग्लोबल आईएमइ बैंकको सबै शाखाहरुबाट छिटो,छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न सक्नेछन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा