सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । एन आई सी एशिया बैंक लिमिटेडले रेमिटवयर पेमेन्ट ईनकर्पोरेशन सँगको सहकार्यमा क्यानडा र युएई बाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ ।
बैंकले यस सम्बन्धमारेमिटवयर पेमेन्ट ईनकर्पोरेशन क्यानडा सँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट मिति गएको बैशाख १९ मा स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।
उक्त सम्झौता अनुसार रेमिटवयर पेमेन्ट ईनकर्पोरेशन मार्फत क्यानडा र युएईबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २०० वटा शाखाहरु तथा ५,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।
बैकको हाल मुलुकभर २०० शाखा कार्यालयहरु, २०० एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १०९ अर्ब र कुल निक्षेप करिब १३३ अर्ब पुगिसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा