सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरिका, बैशाख २४। क्यालिफोर्निया अमेरिकाको कोलोराडो राज्यमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब रु छ करोड संकलन भएको छ । सप्ताह वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले गरेका थिए ।
नेपाली घरका कोषाध्यक्ष जगदीश ढकालले दिएको जानकारीअनुसार जम्मा पाँच लाख ८१ हजार १७१ डलर ६० सेन्ट्स सहयोग संकलन भएको हो ।
अमेरिकाको विभिन्न भागमा आफ्नो सामुदायिक भवन निर्माण कार्यको अग्रसरता बढेसँगै कोलोराडो निवासी नेपालीले समेत सप्ताहको आयोजना गर्दै रकम संकलन गरी भवन निर्माणको कार्यको शुरुवात गरेका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा