सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको एक कम्पनिले गिनिज वुक अफ वर्ल्ड रेकर्डमा बनाएको रेकर्डलाई तोड्दै १३ मिनेटमा लगातार १३७४ ड्रोन उडाएका छन् । यो सबै ड्रोन एक किलोमिटरको दायराभित्र उडेको थियो । चीनीया युएवी कम्पनि इहांग इगरेटले अमेरीकी प्राविधिक कम्पनिद्धारा १५६ ड्रोन उडाएको रेकर्डलाई तोडेको हो ।
चीनीया कम्पनिले फेब्रुवरीमा दक्षिण कोरीयामा विटर ओलम्पिकको दौरान १,२१८ ड्रोनको आकारको निर्माण गरेको थियो ।
इहांगद्धारा जारी विवरणमा भनिएको छ कि आइतबार राती भएको एउटा प्रस्तुतीको दौरान चीनको पर्यटकीय शहर जियानमा ड्रोनले १६ अलग अलग तरीकाले थ्रीडी फर्मेशन बनायो । जसमा एउटा उट, बुद्ध र हाई स्पीड ट्रेनको फर्मेशन सहभागी थियो । चीनले आफनो प्रविधिको क्षेत्रमा अत्यधिक तेजले विकास गरेको छ । जसको मद्यतले उसले आफनो देशमा मात्र होइन विश्वको अग्रणी कम्पनिको निर्माण गर्दे विदेशी परनिर्भरतालाई कम गरीरहेको छ । जसमा सेमीकंडक्टर, रोबोट र ड्रोन सहभागी छन् ।
कार्यक्रमको दौराना बनाइएको ड्रोन फर्मेशनको मद्यतले राष्ट्रपति शी जिनपिंगको विदेश नितिको पहलमा ट्रिब्युट दिइएको छ । यसमा उनको महत्वकांक्षी राजनितिक नारा वन वेल्ट वन रोडको झलक देख्न सकिने छ ।
अगस्तमा पनि दोस्रो चीनीया कम्पनि डब्ल्युएल इंन्टिलिजेन्ट टेक्नोलोजी लिमिटेडले एक साथ सबैभन्दा धेरै डान्स गर्ने ड्रोनको रेकर्ड तोडेको थियो । यसपछि यो रेकर्डको बराबरी इटलीको एउटा कम्पनिले बराबरी गर्न सकेको थियो जसले १७२ रोबोटलाई एकसाथ डान्स गराएको थियो ।
यो बर्षको शुरुवातमा इहांगले एउटा यस्तो वाहनको टेस्ट परिक्षा पुरा गरेको थियो जुन १३० किलोमिटर प्रति घण्टाको रफ्तारले चल्न सक्दछ र एक जना मानिसलाई समेत आफुसँगै लिएर जान सक्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा