सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सलमान खान हरेका बर्ष बलिउडलाई दुई–तिन वटा ब्लकबस्टर फिल्म दिन्छन् । यो पटक सल्लु ‘रेस ३’ लिएर आउदैछन् । ईदको मौकामा ‘रेस ३’ हिट हुने तय भएको मानिएको छ । रिलिज भन्दा पहिला नै सलमानको यो फिल्म डिमाण्डमा छ । डिस्ट्रीब्युटर्सहरु फिल्मलाई किन्नको लागी भारी रकम लिएर लाइनमा लगीरहेका छन् ।
स्रोतका अनुसार, सलमानको ‘टाइगर जिन्दा हे’ ले डोमेस्टिक बक्स अफिसमा कुल ३३९ करोड भारु कमाएको थियो । यो फिल्म बलिउडको तेस्रो सबैभन्दा बढि कमाइ गर्ने फिल्म थियो । फिल्म ‘रेस ३’ को प्राय सबै शुटिङ विदेशमा नै भएको छ भने फिल्ममा दमदार एक्शन पनि देख्न सकिनेछ ।
खबर अनुसार, डिस्ट्रिब्युटर्सहरु पछिल्लो महिनादेखी नै यसलाई किन्नको लागी फिल्म निर्माता रमेश तौरानीको अफिसको बाहिर लाइन लागेर बसेका छन् । जसमा चार टप कंटेगर फक्स स्टार स्टुडियो, रिलायन्स ईन्टरटेन्टमेन्ट, यश राज फिल्मस् र इरोस ईन्टरटेन्टमेन्ट समावेश छन् ।
भारतिय मिडिया रिपोर्टका अनुसार, इरोस ईन्टरनेशनलले रमेश तौरानी र सलमान खानको अगाडी सबैभन्दा राम्रो अफर पनि राखेका छन् । इरोसले १९० करोड भारुको अफर गरेको छ ।
यो फिल्म वर्ल्ड वाइड राइट्स १६० करोडमा र चिनमा ३० करोडमा विक्न सक्दछ ।
केही दिनमा नै फिल्म कुन डिस्ट्रीब्युटरलाई बेचियो भन्ने कुरा पनि बाहिर आउनेछ । रमेश तौरानीको यो फिल्म यो बर्षको मस्ट अवेटेड फिल्म पनि हो । यो फिल्मलाई रेमो डिसुजाले निर्देशन गरीरहेका छन् । फिल्ममा सलमान खान लगाएत ज्याकलिन फर्नानडेज, बबि देओल, अनिल अपुर र डेजी शाह प्रमुख भुमिका देखिदैछन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा