सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सोशल मिडिया वेबसाइट फेसबुकमा डेटिङसँग जोडिएको फिचर चाडै नै शुरु हुने भएको छ । कम्पनिले यसलाई यस्तो समयमा लन्च गर्देछ जबकि युजर्ससँग जोडिएको जानकारी डाटा लिक भएकोमा फेसबुकको धेरै नै आलोचना गरिएको थियो ।
फेसबुकका संस्थापक एवं सीईओ मार्क जुकरबर्गले एक कार्यक्रममा नयाँ डेटिङ फिचरको बारेमा जानकारी दिएका हुन् । जुकरवर्गका अनुसार यो फिचरले मानिसहरुको लागी लामो समयको लागी साथी खोज्न मद्यत गर्नेछ ।
निशुल्क हुनेछ फेसबुकको यो नयाँ सर्भिस
कम्पनिको यो सेवा निशुल्क पाइनेछ । नयाँ फिचरमा युजर्सले एउटा छुटै डेटिङ प्रोफाइल बनाउन सक्नेछ जुन उसको नेटवर्क भित्रका साथीहरुले समेत देख्ने छैनन् । फेसबुकले मानिसहरुको रुची तथा ईच्छा आदिको आधारमा डेटिङमा ईच्छुक अन्य मानिसहरुको पनि ईच्छा तगा सुझावको आधारमा उनीहरुलाई समक्ष जानेछ । जुकरवर्गले दाबी गरेका छन् कि यो फिचर युजर्सको डाटाको सुरक्षा र गोपनियतालाई ध्यानमा राखेर तयार गरीएको छ ।
फेरी पनि लिक हुन सक्छ डाटा
यो भन्दा पनि पहिला फेसबुकले आफनो युजर्सलाई सावधानि गरिसकेको छ । सोशल मिडिया वेबसाइटको तर्फबाट युजर्सलाई जानकारी दिइयो कि निकट भविष्यमा डाटा लिक जस्तो अरु घटनाहरु अगाडी आउन सक्छन् ।
सोशल मिडिया वेवसाइटको तर्फबाट भनिएको छ कि यसको लागी युजर्स पहिलादेखी नै सचेत तथा तयार रहनु पर्नेछ । फेसबुकको तर्फबाट यो जानकारी अमेरीकी सेक्युरिटि एण्ड एक्सचेन्ज कमिशनको रिपोर्टमा दिइएको थियो । चेतावनी जारी गर्दे फेसबुकले भनेको छ कि यस्तो घटनाहरु अगाडी आएमा साइटले ठुलो क्षती भोग्नु पर्ने हुन्छ ।
पछिल्लो समय डाटा लिक घटनालाई लिएर फेसबुक विवादमा परेको थियो । ८ करोडभन्दा बढि युजर्सको डाटा क्याम्ब्रिज एनालिटिकाले चोरी गरेपश्चात पनि फेसबुकले डाटाको सुरक्षालाई लिएर कुनै ठोस निति नियम बनाएको छैन । तर यस विषयमा जुकरवर्गले डाटाको गलत तरिकाले प्रयोग हुदा फेसबुक युजर्सको फेसबुक प्रतिको भरोसा कम हुने र यसले ब्राण्ड ईमेजमा पनि असर पर्न सक्दछ भनेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा