सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फेसबुक पछि अब ट्विटरलाई पनि डाटा बेचेको आरोप लागेको छ । उसले पनि क्याम्ब्रिज एनालिटिकालाई डाटा बेचेको थियो । ब्रिटेनको कंसल्टिंग फर्म क्याम्ब्रिज एनालिटिले करिब ८.७ करोड फेसबुक युजरको डाटालाई बिना जानकारी प्रयोग गरेको थियो । जसलाई लिएर हंगामा समेत मच्चिएको थियो ।
डाटा सेक्युरेटि उलंघनमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग विरुद्ध अमेरीकामा मुद्धा पनि चलीरहेको छ । अमेरीकी सिनेटले उनलाई कैयो पटक पेशीको लागी बोलाइसकेको छ । केही मिडियामा दाबि गरीएको छ कि ट्विटरले पनि आफनो युजरको डाटा त्यही कम्पनिलाई बिना युजरको जानकारी बेच्यो ।
क्याम्ब्रिज एनालिटिकाको लागी टुल बनाउने एलेक्सेडर कोगनले माइक्रोब्लगिंग वेबसाइटसँग डाटा किनेको थियो । यो कुरा २०१५ मा भएको थियो । कोगनले वैश्विक विज्ञान अनुसन्धान (जिएसआर) नाम को संस्थाको स्थापना गरेकी थिइ । जसले ट्विटरको सर्वरमा जाने एक्सेस मिलेको थियो । यसबाट उसले जुनबेला चाहे त्यही बेला डाटा उठाउथ्यो र त्यसको प्रयोग आफनो प्रोजेक्टमा गर्दथ्यो ।
द सन्डे टेलिग्राफमा छापीएको रिपोर्टमा बताइएको छ कि कोगनले डिसेम्बर २०१४ बाट अप्रिल २०१५ को बिच ट्विटरबाट ट्वीट म्यासेज, युजरको नाम, तस्विर, प्रोफाइल पिक्चर र लोकेशनको डाटा किनेको थियो । अप्रिलमा फेसबुकका सिईओ मार्क जुकरबर्गले गल्ती स्विकार गर्दे भनेको थियो कि ८.७ करोड युजर्सको डाटा गलत तरीकासँग क्याम्ब्रिज एनालिटिकालाई बेचीयो ।
क्याम्ब्रिज एनालिटिलाई बेचिएको धेरैजसो ट्वीट सार्वजनिक गरिएको थियो तर ट्वीटर दोस्रो कम्पनि र संगठनसँग जानकारी सङ्कलन गर्ने निहुमा मोटो रकम असुलदथ्यो । फेसबुक आफनो युजरको गोपनीयतालाई सुरक्षित राख्नमा विफल रहेको थियो । त्यसपछि सोशल मिडिया कम्पनिहरु निकै कडा जाँचबुझमा परेका छन् । यद्यपी ट्वीटर जस्तो कम्पनिसँग फेसबुकको तुलनामा केही कम निजि सुचना हुन्छन् ।
तर ट्विटरका प्रवक्ताले यो खबरलाई अस्विकार गर्दे क्याम्ब्रिज एनालिटिकासँग कुनै लेनदेन नभएको र ट्विटरले एनालिटिकाको विज्ञापनलाई समेत साइटमा ठाउँ नदिएको बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा