सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलीउडका ‘दबंग’ सलमान खान आजकाल आफनो आगामी फिल्म ‘रेस ३’ को शुटिङमा ब्यस्त छन् । शुक्रबार यस फिल्मको नयाँ पोष्टर पनि सार्वजनिक भएको छ । यो पोष्टरमा सलमान खानको अंगालोमा ज्याकुलेन फर्नान्डिसलाई देख्न सकिन्छ भने सलमानको हातमा पेस्तोल लिएको देख्न सकिन्छ ।
Racing hearts ♥ #Race3 #Songshoot in #Ladakh @Asli_Jacqueline @SKFilmsOfficial @tipsofficial #race3thisEid pic.twitter.com/LuPw8o7jOt
— Salman Khan (@BeingSalmanKhan) April 27, 2018
फिल्म ‘रेस ३’ को शुटिङको लागी सलमान खान लगाएत फिल्मको सबै टिमसँग यो समय काश्मीरमा छन् । काश्मीरको वातावरणमा जहाँ बाकी स्टारहरु जाडोसँग जुझि रहेका छन् । तर बलिउडका दबंगलाई यो जाडोले कुनै असर गरेको महशुस देखाइरहेका छैनन किनभने जहाँ वाँकी स्टारहरु जाडोले कापिरहेका थिए त्यही सलमान खान आफनो जिन्स र सेन्डो भेष्टमा देखिरहेका छन् ।
यद्यपी फिल्मको एक्शन दृश्यको शुुटिङ चलिरहेको छ, जहाँ फिल्मको सबै कलाकार आफनो भुमिकाको तयारीको लागी कडा मेहनत गरीरहेका छन् ।
रेस ३ मा सलमान खानको अलावा बबी देओल, अनिल कपुर, ज्याकलिन फर्नानडेज, डेजी शाह, शाकिब सलीम र फ्रेडी दारुवाला पनि नजर आउनेछन् । सलमान खान पहिलो पटक उक्त हिट फिल्म रेस को फ्रेन्चाइजीको हिस्सा बन्न गईरहेका छन् ।
यो भन्दा पहिला रेस मा सैफअलि खानले फिल्मको मुख्य भुमिका निभाएका थिए ।
फिल्म यही बर्षको १५ जुनमा प्रदर्शनमा आउने भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा