सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख १३ । “योर पार्टनर फर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाली संगीतकर्मीको उथानमा समर्पित ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग स्वरुप १५ लाख उपलब्ध गराएको छ ।
एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा उक्त पन्ध्र लाखको चेक संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष विडारीलाई बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले हस्तान्तरण गरेकी हुन् ।
संघका अध्यक्ष लक्ष्मण शेषले उक्त रकम मेची – महाकाली साङ्गगितिक अभियान कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न प्रयोग गरिने बताए ।
कुनै पनि स्रष्टा स्वास्थ्यको कारण अशक्त भएको वा उपचार गर्न आर्थिक कठिनाइ व्यहोरेको पाईएमा आर्थिक रुपमा केही सहयोग गर्न सकियोस् भनि संगीतकर्मी कल्याणकारी कोषको स्थापना गरी केही स्रष्टा–सर्जकहरु तथा संगीतकारहरुलाई आर्थिक सहयोग गर्ने कार्यको निरन्तरताका निम्ति उक्त रकमको पारदर्शी ढंगले सदुपयोग गर्न प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले आग्रह समेत गरे ।
साथै भण्डारीले बैकले निकट भविष्यमा संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा आफ्नो ६८ वटा शाखाहरु र ६८ वटा ए.टि.एम.बाट करिब तीनलाख बढि ग्राहकवर्गलाई गुणस्तरीय बैकिङ्ग सेवा पु¥याउँदै आईरहेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमास सम्ममा ६० अर्व २५ करोड निक्षेप संकलन गरि ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको छ भने बैकले सोहि अवधिभित्र १ अर्व १७ करोड ७४ लाख संचालन मुनाफा र १ अर्व ९८ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ जुन गत वर्ष सोहि अवधिका तुलनामा क्रमश ३२.७२ प्रतिशत र १४ं.३९ प्रतिशतले वृद्धि हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा