सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख १३ । अन्तराष्ट्रीय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्ना सबै सदस्यहरुलाई टि–२० अन्तराष्ट्रीय क्रिकेटको मान्यता दिएको छ। आईसीसीका सिईओ डेव रिचर्डसनले १०४ सदस्य राष्ट्रलाई मान्यता दिइएको जानकारी दिएका छन् ।
उनले आइसीसीले विश्व बरीयताको नियम पनि टि-२० अन्तराष्ट्रीयमा चाँडै नै आउने समेत बताएका छन्।
मान्यता सम्पूर्ण सदस्य राष्ट्रका पुरुष र महिला टोलीले प्राप्त गरेका हुन् । अहिले आईसीसीमा १०४ सदस्य राष्ट्र रहेका छन्।
अहिलेसम्म १२ पुर्ण सदस्य र स्कटल्याण्ड, नेदरल्याण्ड, हङकङ, युएई, ओमान र नेपालसँग टि–२०अन्तराष्ट्रीयको मान्यता रहेको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा