सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट, वैशाख १३ । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशकै मुहार फेर्ने नीति तथा योजना वाम गठबन्धनको सरकारले ल्याउने तयारीमा रहेको बताएका छन् । रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–२, जुुडिबेलास्थित स्मार्टसिटीअन्तर्गत् विभिन्न सडक तथा नाला शिलान्यास कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले उक्त विचार राखेका हुन् ।
देशमा अबको यात्रा सुुशासन, स्थिरता र समृद्धिको रहेको उनले स्पस्ट पारे । अध्यक्ष दाहालले अबको दिन एकपटक सबै दल मिलेर समृद्धिका लागि अघि बढ्नुपर्ने समय आएको बताए । देशको हरेक राजनीतिक परिवर्तनमा रौतहटको अग्रणी भूमिका रहेको उच्च मूल्यांकन गर्दै तत्कालीन सहरी विकासमन्त्री प्रभुु साहका पालामा देशका १० सहरमध्ये चन्द्रपुर पनि स्मार्टसिटीको सूचीमा परेको उनले जानकारी दिए ।
चन्द्रनिगाहपुरमा विकासका लागि स्मार्टसिटीमा रुपान्तरण गर्न डीपीआरको काम भइरहेको तथा औद्योगिक करिडोर निर्माण गर्न उद्योगमन्त्री मातृका यादवलाई आफूले निर्देशन दिएको दाहालले स्पस्ट पारे । कार्यक्रमका सांसद प्रभुु साहले मानव सूचकांकमा सबभन्दा पछाडि ७५औं स्थानमा रहेको रौतहट अब एक नम्बरमा आउने दावी गरे ।
नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिना, एमाले सांसद कल्याणी खड्कालगायतले चन्द्रपुर–२, जुुडिबेला क्षेत्रमा सिँचाइ खानेपानीको अभावसँगै अत्यन्त गरिबीको अवस्था रहेकाले समस्या समाधान गर्न अध्यक्ष दाहालको ध्यानाकर्षण गराए ।
कार्यक्रममा सहरी विकास कार्यालय वीरगन्जका इन्जिनियर एवं उक्त आयोजना प्रमुख श्रीभगवान गुुप्ताले बिहीबार शिलान्यास भएको सडकको कुल लागत रु ८ करोड ४० लाख तथा लम्बाइ १० किलोमिटर रहेको जानकारी दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा