सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । भारतीय फुटबल स्टार खेलाडी बाइचुंग भुटिया राजनितिमा आउने भएका छन् । उनले चाडैनै सिक्किममा स्थानीय राजनीतिक पार्टीको घोषणा गर्न जादैछन । भारतीय फुटबल टिमका कप्तान भईसकेका भुटिया २५ बर्षदेखि सिक्किममा राज गरीरहेको पवन चामलिङ विरुद्ध आफनो राजनैतिक पारी शुरु गर्न गईरहेका छन् ।
भारतीय एक मिडियासँग कुरा गर्दे भुटियाले सिक्किम उनको जन्मस्थल भएकोले राज्यको लागी केही गर्न राजनीतिमा उत्रन लागेको बताएका छन्।
भुटियाले भने देशमा धेरै समस्याहरु छन र यसको लागी राजनितिक स्तरबाट तिनिहरुलाई टाढा भगाउनु आवश्यकता छ । यसकारण उनी आफना साथीहरुसँग मिलेर एक राजनितिक पार्टी घोषणा गर्न गईरहेका छन् । पार्टीको उदघाटन उनले आउदो एक महिनाभित्र सिक्किमा नै गर्ने भएका छन् ।
सिक्किममा पछिल्लो २५ बर्षदेखि डेमोक्रेटिक फ्रंटका पवन चामलिंगले राज गरीरहेका छन् र उक्त राज्यमा राजनितिमा अर्का कुनै नेता छैनन् । यसैकारण उनी उनका साथीहरुसँग मिलेर नयाँ पार्टी बनाउने निर्णय गरेका छन जसको नाम उनले भोली घोषणा गर्न गईरहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा