सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख १२ । यौन शोषण घटनामा जोधपुर अदालतले बुधबार आसारामलाई जन्म कैदको सजाय सुनाएको छ । घटनामा वाकी दुई दोषीहरुलाई पनि २०/२० बर्षको सजाय सुनाएको छ । जोधपुर केन्द्रिय कारागार परिसरमा न्याधिश मधुसुदर शर्माले सबै दोषिहरुलाई उक्त सजाय सुनाएका हुन् ।
अदालतले बुधबार गरेको सुनुवाईको क्रममा आसारामसहित ३ जनालाई दोषि सावित गर्यो भने दुई जनालाई जेलमुत्तः गरेको छ । जन्मकैदको सजाय सुन्ने वित्तिकै आसाराम रोएका थिए । यसपछि आसारामले न्याधिश मधुसुदनको अगाडी माफी समेत मागे । यो भन्दा पहिला जब आसारामलाई विहान दोसी सावित गरिएको थियो तब उनी नाटकिय रुपमा हासेका समेत थिए ।
आशाराम माथि उत्तर प्रदेश को शाहजहांपुरकी एक नावालिकालाई बलात्कार गरेको आरोप थियो जसमा उनी दोषी सावित भएका हुन् । पिडित बालिका मध्य प्रदेशको छिंदवाडा को आसारामको आश्रममा पढ्थिन । पिडितको आरोप अनुसार, आसारामले जोधपुर नजिकै आश्रममा बालिकालाई बोलाएर १५ अगस्ट २०१३ मा बलात्कार गरेको बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा