सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख १२ । नेपालीको प्रतिव्यक्ति आयमा सुधार भएको छ । नेपालीको प्रति ब्यक्तिआम्दानी एक बर्षमा नै १३८ अमेरिकी डलरले बढेको छ । योसँगै नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ डलर पुगेको छ ।
केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय बढेको सुचाङक प्रस्तुत गरेको हो ।
यसरी उक्त डलरलाई नेपाल राष्ट्रबैकले तोकेको विनिमय दर अनुसार नेपालीमा कन्भर्ट गर्दा प्रतिब्यक्ति आय १ लाख ६ हजार ३ सय ३३ रुपैयाँ बराबर हुन आउँछ ।
पहिलो पटक नेपालीको ‘पर क्याप्टा इन्कम’ डलरमा फोर डिजिट भएर १ लाख रूपैयाँ माथि पुगेको हो ।
गतबर्ष १ सय ५ डलरले बढेको नेपालीको प्रतिव्यक्ति आय ८६६ डलर थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा