सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख ११ । एभरेष्ट बैंक र एलआईसी नेपाल बिच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ । आज एक कार्यक्राका विच उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र एलआईसी नेपालकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका छन् ।
जीवन बिमालाई ग्राहकको पहुँचसम्म पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको बैक प्रमुख कार्यकारी अधिकृत सेठले जानकारी दिए ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।
योसँगै एलआईसि बिमा योजना तथा बिमा सेवा सजिलैसँग एभरेष्ट बैंकको सबै शाखाहरुबाट छिटो,छरितो तथा सहज रुपमा वीमा लेख प्राप्तगर्न, प्रिमियमभुक्तानीगर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा