सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खोटाङ, बैशाख १० । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले तीनै तहमा स्थिर सरकार गठन भइसकेकाले देश समृद्धितिर अगाडि बढेको बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थिर सरकार बनेकाले अब कुनै अलमल नगरी मुलुक समृद्धितिर बढेको छ भने ।
“विभिन्न विषयलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार गर्ने काम भइरहेको छ,” मुख्यमन्त्री राईले भने, “यो प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउनेगरी बजेट तथा कार्यक्रमहरु निर्माण भइरहेका छन् ।”
यसैबीच मुख्यमन्त्री राइले आजै जिल्लास्थित कार्यालय प्रमुखहरुलाई जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्न निर्देशन दिए ।
“संघीयतालाई कार्यान्वयन गर्ने जिम्मा हामी सबैको हो,” उनले भने, “जनप्रतिनिधिसँग मिलेर काम गर्नुस्, तपाइँ हामी सबैको इतिहास बन्नेछ ।” रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा