सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख १० । नेपाल बंगलादेश बैंकको डेपुटी सिइओमा सुरेन्द्रभुषण श्रेष्ठ तथा सहायक महाप्रवन्धक (एजिएम) मा सुरेश देवकोटा नियुक्त भएका छन् ।
सन् १९९६ मा एभरेष्ट बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सिए) श्रेष्ठ सन् २०१० मा एनबी बैंकमा डिजिएमको रुपमा प्रवेश गरेका थिए । उनले भारतको इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आईसीआई) बाट सीए कोर्ष पूरा गरेका हुन ।
श्रेष्ठले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको विदेशी व्यवस्थापन टिमको सदस्यको रुपमा जिम्मेवारी निर्वाह गर्नुका साथै विश्व बैंक तथा एसियाली विकास बैंक (एडीबी) अन्तर्गत नेपाल लगायत बंगलादेशमा पनि वित्तीय सुधार कार्यक्रमहरुमा काम गरीसकेको अनुभव रहेको छ ।
त्यस्तै, एजिएम सुरेश देवकोटा पनि सीए हुन । इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) बाट सीए कोर्ष पूरा गरेका उनी हाल सोही संस्थाको पार्षद समेत छन् । देवकोटाले सन् २००५ बाट आफ्नो बैंकिङ करियर सुरु गरेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा