सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तेह्रथुम, वैशाख १० । तेह्रथुमको छथर गाउँपालिका–६, सुदापमा गाई काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गाई काटेर मासु खान लागेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी ओख्रेले छथर गाउँपालिका–६, का ३० वर्षीय शान्त लिम्बू, ४५ वर्षीय प्रेम लिम्बू र उनका छोरा १६ वर्षीय सुमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुलाई गाई काटेको मासुसहित पक्राउ गरी थप अनुसन्धानका लागि सोमबारै इलाका प्रहरी कार्यालय वसन्तपुर ल्याइएको छ ।
उनीहरुले आइतबार राति गाई काटेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश कोइरालाले बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा