सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख १० । बलीउड अभिनेता राजपाल यादबलाई दिल्लिको कडकडडुमा अदालतले चेक बाउन्स घटनामा ६ महिनाको जेल सजाए तथा १.६ करोड भारु को जरीवाना सुनाएको छ ।
राजपाल यादब र उनको पत्नि राधा तथा राजपाल यादब र उनको कम्पनि विरुद्ध चेक बाउंससहित सात घटनामा आज अदालतले उक्त फैसला सुनाएको हो ।
१५ अप्रिलमा भएको पेशीमा कडकडडुमा कोर्टको अतिरिक्त मुख्य न्याधिश अमित अरोडाले फिल्म बनाउने नाममा ५ करोड रुपैया ऋण लिएको र ऋण चुक्ता नगरेको घटनामा उनलाई शुक्रबार दोषी सावित गरिएको थियो ।
सोमबार यही घटनामाथिको सुनुवाईमा अदालतले उनलाई राहत नदिई ६ महिनाको जेल सजाय सुनाएको छ ।
दिल्लिको कडकडडुमा अदालतले बलिउड अभिनेता राजपाल यादब र उनको पत्नि राधा यादब तथा राजपाल यादब र उनको कम्पनि श्री नौ रंग गोदावरी ईन्टरटेन्टमेन्ट लिमिटेड माथि ५ करोड भारुको चेक बाउन्स घटनामा दोषी सावित गरेको थियो ।
उनीमाथि दिल्लिको एक कम्पनिको पाँच करोड भारु को ऋण नचुकाएको आरोप थियो । उनले उक्त ऋण “अता पता लापता” नामक फिल्म निर्माणको लागी ऋण लिएका थिए जुन फिल्म नोभेम्बर २०१२ मा रिलिज भएको थियो । फिल्म फ्लाप भयो र राजपाल ऋणमा डुब्दा ऋण चुक्ता गर्न सकेनन् । उक्त ऋणको साँवा र ब्याजसहित ८ करोड पुग्दा राजपाल यादबले ऋण चुक्ता गर्न सकेनन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा