सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख १० । साउथ फिल्म ईडष्ट्रिजका सुपरस्टार महेश बाबु पछिल्लो केही दिनदेखी आफनो फिल्म ‘भारत अने नेनु’ लाई लिएर चर्चामा छन् । महेश बाबु साउथ ईडष्ट्रिजका चर्चित अभिनेता मध्येका एक हुन र उनको यो फिल्मलाई लिएर उनको फ्यानहरु ब्यग्रताका साथ कुरिरहेका थिए ।
यो फिल्म २० अप्रिलमा रिलिज भएको थियो भने फिल्मलाई लिएर दर्शकहरुबाट राम्रो प्रतिक्रिया पनि मिलेको छ । भारत अने नेनु लाई लिएर फ्यानको विच धेरै नै क्रेज देखिएको छ र यो फिल्मले केबल २ दिनमा नै १०० करोड भन्दा बढिको कारोबार गरेको छ ।
यो फिल्म २०१८ को सबैभन्दा चाडै १०० करोडको कमाई गर्ने फिल्म बनेको छ । महेश बाबु आफनो यो फिल्मको सफलताबाट धेरै खुशी छन् । पछिल्लो जानकारी अनुसार महेश बाबुको यो फिल्म ‘बाहुबली’ पछि सबैभन्दा हिट सावित हुनेछ ।
यो फिल्मले रिलिज भन्दा अगाडी नै १०३ करोडको कारोबार गरेको थियो र अब रिलिज पछि फिल्मले २ दिनमा नै १०० करोडको कारोबार गरेको छ । यो फिल्म भारतमा मात्र होइन विदेशमा पनि मन पराइएको छ ।
फिल्मको सबै शोहरु हाउसफुल भईरहेको छ । फिल्मले दुई दिनमा १०० करोड कमाएको छ र फिल्मको जुन तरिकाले शो हरु चलिरहेको छ त्यही तरिकाले चल्ने हो भने यसले २०० करोडको आकडा पनि चाडै नै पार गर्ने देखिन्छ । यो फिल्ममा महेश बाबु आन्ध्र प्रदेशको सिएमको भुमिकामा देखा परेका छन् र उनको उमेर अरु नेताहरुको भन्दा कम देखाइएको छ । यसको बाबजुद पनि आफनो स्टेटलाई लिएर उनको भिजन छुटै देखाइएको छ ।
यो फिल्मको सफलतालाई हेरेर यसलाई चाडै नै हिन्दि भाषामा पनि डबिङ गर्ने भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा