सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख १० । पूर्वप्रधानमन्त्री तथा एमाले विदेश विभाग प्रमुख माधव कुमार नेपालसँग नेपालका लागि चिनिया राजदूत यु होङले बेल्ट बिच भेट वार्ता भएको छ। नेपाल निवास कोटेश्वरमा भएको भेटमा राजदूत होङले नेपालमा कम्युनिस्ट पार्टीको स्थिर सरकार बनेकाले अब नीतिहरुमा फेरबदल नहुने अपेक्षा गर्दै नेपालको विकासमा चीनको सहयोग बढ्न सक्ने बताइन् । बिआरआईमा नीतिगत, संरचनागत र प्रतिबद्धताको तहमा चीनले नेपालको प्राथमिकता बुझ्न चाहेको भेटमा सहभागी एमाले प्रचार बिभाग सचिव विष्णु रिजालले बताए ।
जवाफमा एमाले नेता नेपालले बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको र हालै दुवै देशका परराष्ट्रमन्त्रीहरुको बैठकमा राम्रो कुरा भएको जानकारी आफूले पाएको बताएका थिए । नेता नेपालले नेपाल बिआरआईबाट सबै रुपमा लाभान्वित हुन चाहेको बताए ।
नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा यस सबन्धी ठोस सम्झौता हुने विश्वास समेत नेता नेपालले व्यक्त गरेका थिए । रिजालका अनुसार नेता नेपालले बिआरआईबाट नेपालले लिने सबैभन्दा ठूलो फाइदा ‘रोड कनेक्टिभिटीनै हो’ भन्दै केरुङदेखि काठमाडौंसम्म रेलमार्ग निर्माणमा चीनको सहयोग आवश्यक रहेको बताए । चिनिया राजदूतले दुई कम्युनिस्ट पार्टी चाँडै एकीकरण हुने विश्वास समेत व्यक्त गरेकी थिइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा