सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख १० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा युवा नेताहरुले संयुक्त प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । निर्वाचन समीक्षाका लागि चलिरहेको बैठकमा प्रस्तुत गर्नका लागि पाँच बुँदे प्रस्ताव तयार भएको नेताहरुले बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी पराजयका कारणबारे समीक्षा समेत भइरहेको छ ।
युवा केन्द्रीय सदस्यहरुको संयुक्त धारणामा सांगठनिक स्वरुप, निर्वाचनमा पराजय भोग्नुको कारण र विधान विपरीत गठित समितिका विषयमा चर्चा गरिएको बताइएको छ । युवा सदस्यहरुको सामुहिक लिखित प्रस्तावमा कति सदस्यको धारणा हुनेबारे भने टुंगो लागिसकेको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा