सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इनरुवा, बैशाख १०। संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर र ४ बीचको कालोपत्रे सडक निर्माण शिलान्यास कार्यक्रममा आइतबार अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
यादवले मुलुक लामो द्वन्द्व र संघर्षबाट गुज्रेकाले अब विकासको गतिलाई तीव्रपारि संघीयता कार्यान्वयनमा जोड दिए । अध्यक्ष यादवले मुलुकमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत् र सञ्चारको विकास गरी नागरिकलाई सुशासनको महसुस गराउनुपर्ने आवश्यता औंल्याए।
उनले फरक प्रसंगमा सहकारिताको माध्यमबाट बेरोजगारी र गरिबी हटाउन सकिने तर्क गर्दै स्थानीय सरकारले त्यसमा भूमिका निर्वाह गर्न सक्नुपर्ने विचार व्यक्त गरे । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा