सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख ९ । विश्वको सबैभन्दा बृद्ध मानिसको दक्षिण जापानमा निधन भएको छ । उनको आयु ११७ बर्ष थियो । किकाईको एक आधिकारीले बताए अनुसार नबी ताजीमा नामकी ति बृद्धको शनिवार राती करिब आठ बज्नु भन्दा पहिला एक अस्पतालमा निधन भएको हो ।
उनी जनवरीदेखी नै अस्पतालमा भर्ती भईराखेकी थिइन । नबीको जन्म ४ अगस्ट १९०० मा भएको थियो । उनको ग्रेट ग्रेट ग्रेट ग्रेण्ड चिल्ड्रेन सहित १६० भन्दा बढि बंशज छन् । उनको शहर किकाई जापानको चार मुख्य द्धीपको दक्षिण भाग क्युशुमा कागोशिमा प्रान्तमा छ ।
करीब सात महिना पहिला वायलेट ब्राउनको जमैकामा मुत्यु भए पश्चात उनलाई विश्वको सबैभन्दा बृद्ध ब्यक्ति घोषित गरीएको थियो । वायलेटको निधन पनि ११७ बर्षको उमेरमा नै भएको थियो ।
अमेरकिा स्थित गेरोनोलजी सिरसर्च गु्रप को अनुसार अब जापानको नै अर्की महिला शियो योशिदा विश्वको सबैभन्दा बृद्ध ब्यक्ति भएको बताइएको छ । उनको उमेर ११६ बर्ष छ । केही दिनमै योशिदाको जन्मदिन छ, त्यसपछि उनी पनि ११७ बर्षकी हुनेछिन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा