सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख ९। नेपाल कम्युनिस्ट पार्टीको ६८ औं स्थापना दिवसको अवसरमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ईश्वर नभएको तर, कसैले ईश्वर छ भन्छ भने काल मार्क्स भएको बताएका छन्।
ओलीले माक्र्स ईश्वर भएको बताएका हुन्। ‘महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले समेत काल मार्क्सलाई ईश्वर भनेका थिए’, प्रधानमन्त्री ओलीले भने, ‘ईश्वर छैनन्, तर, कसैले यदि ईश्वर छ भन्छ भने काल मार्क्सलाई भने हुन्छ।’ पुरानो ईश्वरले न्यायोचित काम नगरेकाले शोषित, पीडित जनताका लागि काम गर्ने मार्क्सलाई ईश्वर मान्न सकिने उनको भनाइ छ।
उनले कम्युनिस्ट पार्टीको स्थापना दिवस नेपालमा न्यायोचित समाज स्थापनाको सपना देखिएको दिन भएको दाबी गरे। अहिलेको आवश्यकता राष्ट्रनिर्माण र समृद्धि एकमात्र प्राथमिकतामा रहेको र त्यो पूरा गर्न पार्टी एकता गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा