सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख ९ । नेकपा एमाले र माओवादीले आयोजना गरेको संयुक्त सभा ब्यानरमा लेनिनको फोटो नराखेको भन्दै लफडा भएपछि कार्यक्रम अझै सुरु हुन सकेको छैन । सभामा सम्बोधन गर्न प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सभागृह पुगि सक्नुभएको छ।
दुवै पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रममा राखिएको ब्यानरमा लेनिनको फोटो नराखेको भन्दै माओवादी कार्यकर्ताले विरोध गरेका हुन् । उनीहरुले ब्यानर हटाइदिएका छन् । ब्यानरमा पुष्पलाल, मनमोहन र मदन भण्डारी तथा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको मात्रै फोटो थियो ।
माओवादी कार्यकर्ताले लेनिनको फोटो राख्न माग गर्दै नाराबाजी गरेका छन् । अर्को ब्यानर बनाएर कार्यक्रम सुरु गर्ने तयारी भैरहेको बुझिएको छ । कम्युनिष्ट पार्टीको स्थापना दिवसमा लेनिन र माओको तस्वीरविनाको ब्यानर बन्नुमा आफूहरुको गल्ती भएको केपी ओली र प्रचण्डले स्वीकार गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा