सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ९ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आज(आइतबार) राती नेपाली आकाशमा उल्का वर्षा हुने जनाएको छ । मौसम अनुकूल भएमा आज राति एकैपटक १५ देखि २० वटासम्म उल्का खसेको देख्न सकिने बताइएको छ ।
आज राति १ बजेदेखि भोलि बिहान सूर्योदयसम्म उल्का बर्षा देख्न सकिने सोसाइटीले जनाएको छ । वैशाख ५ गतेदेखि नै बीणा उल्का वर्षा अर्थात् लाइरिङ मिटियोर सावर सक्रिय छ । यो १२ गतेसम्म सक्रिय रहने छ ।
पुच्छताराले छाडेका धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा उल्का बर्षा देखिन्छ । उल्का वर्षा नांगो आँखाले पनि देख्न सकिनेछ ।
जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्ने गर्छन् । यसैलाई उल्का वर्षा भन्ने गरिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा