सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख ९ । एबी डिविलियर्सको अभियुजित ९० रनको धुवाधार पारीको मद्यतमा वेंग्लोरले एम. चिन्नास्वामी स्टेडियममा खेलीएको आईपीएलको ११ औ संस्करणको म्याचमा शनिवार दिल्लिलाई ६ विकेटले हराएको छ । दिल्लिले पहिला ब्याटिङ गर्दे निर्धारित २० ओभरमा पाँच विकेट गुमाउदै १७४ रनको मजबुत स्कोर बनायो जसलाई वेंग्लोरले १८ ओभरमा चार विकेटको क्षतीमा १७६ रन बनाएर जित हासिल गर्यो ।
डिविलियर्सले ३९ बलमा १० चौका र ५ छक्का प्रहार गरे । कप्तान विराट कोहलीले २६ बलमा ३० मा २ चौका र एक छक्का प्रहार गरे । किटन डी कांकले १८, कोरी एंडरसनले १५ र मंदिप सिंहले १७ अभियुजित १७ रनको योगदान दिए । बैग्लोरको पाँच म्याचमा यो दोस्रो जित हो जबकी दिल्लिको समान म्याचमा चौथो हार हो ।
दिल्लिको लागी ट्रेंट बोल्ट, ग्लैन मैक्सवेल र अर्षल पटेलले १/१ विकेट लिए ।
यो भन्दा पहिला युवा ब्याट्सम्यान ऋषभ पंतको तथा श्रेयस अथ्यरको ५२ रनको उपयोगी पारीको दममा दिल्लिले बैग्लोर विरुद्ध पाँच विकेटमा १७४ रनको मजबुत स्कोर बनाएको थियो । टस हारेर ब्याटिङमा उत्रेको दिल्लिको शुरुवातमा खासै जम्न सकेन र उसले २३ रनको अन्तरमै आफनो दुबै ओपनर कप्तान गौतम गंभीर र जैसन रायको विकेट गुमाउन पुग्यो । गंभीरले १० बलमा तीन र रायले १६ बलमा मात्र पाँच रन बनाए । तर यसपछि पंत र अथ्यरले तेस्रो विकेटको लागी ७५ रन जोडे । पंतले राहुल तवतियासँग पनि पाँचौ विकेटको लागी ६५ रनको साझेदारी गरे ।
पंतले ४८ बलमा ४ चौका र ७ छक्का हाने । अथ्यरले ३१ बलमा ४ चौका र ३ छक्का उडाए । लीगको ११ औ संस्करणमा अथ्यरको यो पहिलो अर्धसतक हो । तेवतियाले ९ बलमा ३ चौकाको मद्यतले अब्युजित १३ रन बनाए । दिल्लिले अन्तिम पाँच ओभरमा ७१ रन जोडे । बैग्लोरको लागी युजवेंद्र चहलले २२ रनमा दुई विकेट लिए । यसको साथै अलावा उमेश यादवले २७ नमा एक विकेट, वाशिटन सुंदरलाई ३१ रनमा एक विकेट र कोरी एंडरसनलाई १ ओभरमा १० रनमा एक विकेट पाए ।
दिल्लीमा अनुबन्धित भएका नेपालका फाष्ट स्पिनर सन्दिप लामिछाने ले भने ५ खेल हुदासम्म पनि अहिलेसम्म एक खेलमा पनि उसलाई समावेश गरीएको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा