सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वैशाख ९ । बार्सिलोनाले चौथो पटक स्पेनिस कोपा डेल रे फुटबलको उपाधि कब्जा जमाएको छ । शनिबार भएको फाइनलमा सेभिल्लालाई ५– ० ले हराउँदै बार्सिलोनाले चौथोपटक कोपा डेल रेको उपाधि जितेको हो ।
बार्सिलोनालाई जिताउन लुइस सुवारेजले दुई तथा लियोनेल मेस्सी, आन्द्रेइ इनिएष्टाले एक गोल तथा कोटिन्होले पाएको पेनाल्टि मार्फत एक गोल गरे ।
बर्सिलोनाको लागी १४ औ मिनेटमा लुइस सुवारेज ले पहिलो गोल गर्दे शुरुवाती अग्रता दिलाए भने खेलको ३१ औ मिनेटमा मेसीले क्लबको लागी दोस्रो गोल गरे त्यस्तै लुइस सुवारेज ले आफनो ब्यक्तिगत दोस्रो तथा क्लबको लागी तेस्रो गोल ४० मिनेटमा गरे । पहिलो हाफमा ३–० ले अगाडी परेको बार्साको लागी दोस्रो हाफमा इनिएष्टा ले ५२ औ मिनेट र कोटिन्होले ६९ औ मिनेटमा पेनाल्टिमार्फत गोल गर्दे बार्सिलोनाले समग्रमा ५–० ले खेल जितेको हो ।
बार्सिलोनाको अगाडी सेभिल्लाका खेलाडीहरु निरिह देखिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा