सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, बैशाख ८ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि सांघातिक आक्रमण भएको छ ।
साँझ करिब ६ बजे गठ्ठाघर स्थित उनको निजि निवास प्रवेश गर्न लाग्दा अपरिचित दुई व्यक्तिले ‘मेयरसाब’ भनी बोलाउँदै फलामे रडले प्रहार गरेको बताइएको छ । श्रेष्ठको हात र खुट्टामा चोट लागेको छ।
आक्रमणपछि घाइते भएका प्रमुख श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ । घाइते प्रमुखको खुट्टा, दाहिने हात र टाउकोमा चोट लागेको छ ।
आक्रमणकारीले प्रमूख श्रेष्ठ चढेको बा ८ च ८७२० नं। को गाडीमा समेत तोडफोड गरेका छन् । आक्रमणकारीको खोजी भईरहेको प्रहरीले बताएको छ । श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित मेयर हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा