सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख ७ । टाइमले विश्वको १०० सर्वाधिक प्रभावशाली ब्यक्तिहरुको लिष्ट जारी गरेको छ । यो बर्ष लिष्टमा बेलायती राजकुमारी ह्यारी तथा उनकी हुनेवाला श्रीमती मेगन मार्कल सहित बलिउड नायिका दिपिका पादुकोण तथा भारतीय क्रिकेट कप्तान विराट कोहली टाइम पत्रिकाको यो बर्षको विश्वको १०० सबैभन्दा प्रभावशाली हस्तिहरुको सुचीमा समावेश भएका छन् ।
पत्रिकाले भनेको छ “विश्वको सबैभन्दा प्रभावशाली ब्यक्तिको टाइमको बार्षिक सुची ती ब्यक्तिहरुको सुची हो जसको बारेमा हाम्रो मान्यता अनुसार यो समय उनीहरुको हो” ।
किम जोङ र सऊदी अरब के शहजादे मोहम्मद बिन सलमान पनि लिष्टमा
यो बर्षको सुचीमा हलीउड अभिनेत्री निकोल किडमैन, वंडर वुमेन फिल्मकी अभिनेत्री गैल गडोट, लण्डनका मेयर सादिक खान, जापानी प्रधानमन्त्रि शिंजे आबे, क्यानडाको प्रधानमन्त्रि जस्टिन टुडो, साउदी अरबको राजकुमार बिन सलमान, उत्तर कोरीयाका नेता किम जोङ उन, आयरल्याण्डका भारतीय मुलका प्रधानमन्त्रि लियो वराडकर, बंगलादेशकी प्रधानमन्त्रि शेख हसिना र गायिका रिहाना पनि यो लिष्टमा परेकी छिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा