सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको लडाकु हेलिकप्टरले दक्षिणपुर्वी तटमा मिसाइल चलाएर युद्धअभ्यास गरेको छ । सरकारी मिडियाले उक्त जानकारी दिए पनि यो बिषयमा आधिकारीक पुष्टि भने गरिएको छैन अभ्यास संवेदनशिल ताइवान जलडमरु मध्य क्षेत्रमा गरियो या गरीएन ।
चीनको सरकारी समाचार एजेन्सि सिन्हाको खबर अनुसार पिपुल्स लिबरेशन आर्मीले बुधबार युद्ध अभ्यास गरेको र उक्त अभ्यासमा विभिन्न प्रकारका हेलिकप्टरले भाग लिएको र हेलिकप्टरले समुन्द्रमा वायु सेनाको नियमित सञ्चालन क्षमताको जाँच गरेको जनाइएको छ ।
सरकारी प्रसारक सीसीटीवीले हेलिकप्टरद्धारा पानीको भित्र रहेको बस्तुमा मिसाइल प्रक्षेपन गरेको तस्विर सार्वजनिक गरेको थियो । खबरमा युद्ध अभ्यास कुन स्थानमा गरिएको हो सो को विषयमा भने कुनै खुलाइएको छैन तर यो चीनले ताइवान जलडमरु मध्यमा युद्धअभ्यास गरेको दिन गरेको आशंका गरिएको छ ।
यही बीचमा एपीको खबर अनुसार, ताइवानी सरकारले भने चीनले हालैमात्र गरेको युद्धाभ्यास ताइवानी जलडमरुमा मा गरेको पुष्टि गर्दे उसको उदेश्य द्धीप समुहलाई धम्काउनको लागी गरेको आरोप लगाएको छ भने उसले यो क्षेत्रीय शान्ति एवं स्थिरताको लागी खतरा हो भनेको छ ।
क्याविनेट स्तरीय मुख्य भुमि मन्त्रालयले आफनो वेबसाइटमा मार्फत चीनको उक्त प्रयास ताइवानमाथि दबाब बढाउनुको साथै उसलाई दुःख दिनु हो र यसले दुबै पक्ष तथा क्षेत्रमा तनाव बढ्न सक्ने बताएको छ ।
तस्विर : प्रतिकात्मक फोटो
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा