सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पछिल्लो केही बर्षदेखी ज्याकुलेन फर्नान्डिस शान मुत्ताथिलसँग काम गरीरहेकी छिन् । शानको ३४ औ जन्मदिनमा ज्याकुलेनले उनलाई एउटा महंगो कार गिफ्ट दिएकी छिन् ।
यो विषयको जानकारी स्वयम शानले सोशल मिडियामा एउटा भिडियो शेयर गरेर जानकारी दिएका हुन् । शानले भिडियो शेयर गर्दे जयाकुलेनलाई धन्यवाद पनि दिएका छन् ।
भिडियो पोष्ट गर्दे शानले लेखेका छन् “मेरो जन्मदिनको शुरुवात भयो, ज्याकुलेनले वास्तवमै सरप्राइज दिइन …..जब तिमिले मलाई आफनो कारसम्म जानको लागी भिडियो रेकर्ड गर्नको लागी भन्यौ तर मलाई थाहा थिएन कि मेरो लागी के सरप्राइज पर्खिरहेको थियो” ।
ज्याकुलेन शानलाई केवल आफनो मेकअप आर्टिस्ट मात्र होइन कि एउटा असल साथीको रुपमा पनि हेर्छिन ।
स्रोतका अनुसार ज्याकुलेनले शानको लागी आफैले गाडी चुनेकी होइनन् उनले शानको लागी गिफ्ट रोज्न सिद्धार्थ मल्होत्राको मद्यत लिएकी थिएन । जानकारी अनुसार यो गाडीको मुल्य ३२ लाख रुपैया हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा