सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख ३ । बलिउड अभिनेता सलमानले अदालतबाट विदेश जाने अनुमति पाएसँगै विदेश यात्रा सुरु हुने दिनको भोलिपल्टै उनी नेपाल आउने भएका छन्। सलमानको ‘दबंग द टुर’मा सलमान खानसँगै अभिनेत्री सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पल पनि आउनेछन् ।
काठमाडौंको कार्यक्रम मे २६ अर्थात् जेठ १२ गते तय गरिएको छ। यसअघि मार्च १० मा हुने भनिएको कार्यक्रम सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेनमेन्टले मे ५ (बैशाख २२) का लागि सारेको थियो ।
कृष्णसारको सिकार गरेकोअभियोगमा जोधपुर अदालतले सलमानलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । तर केही दिन जेल बसेपछि उनी जमानतमा रिहा भएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा