सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलीउड अभिनेता सलमान खानले आफनो अगिल्लो फिल्म ‘भारत’ को शुटिङ शुरु गरीसकेका छन् । फिल्मका निर्माण टिमले उक्त फिल्ममा सलमान खानसँग प्रियंका चोपडालाई मुख्य भुमिकामा ल्याउने औपचारीक जानकारी दिएका छन् ।
यो फिल्मबाट प्रियंका बलिउड फिल्ममा फर्केकि छिन भने सलमान र प्रियंका एक साथ लगभग १० बर्षपछि स्क्रीन शेयर गरेको देख्न पाइने भएको छ ।
अलि अब्बासको निर्देशनमा बनिरहेको यो फिल्मको काहानी साउथ कोरियाको फिल्म ‘ओड टु माई फादर’ मा आधारित छ । यद्यपी फिल्मको काहानीमा बलिउड अडियन्सलाई हेरेर केही बदलेको निर्माण पक्षले जनाएको छ ।
यो एक रोमान्टिक स्टोरीमा आधारित छ जसमा प्रियंका र सलमान मुख्य भुमिकामा देखिने छन् ।
अलि जाफर र सलमान खानले एकसाथ काम गरेको यो तेस्रो फिल्म हो । यो भन्दा पहिला रिलिज भएको अलि र सलमानको ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ दुबै फिल्म बक्स अफिसमा हिट रहेको छ भने यो फिल्मबाट पनि फ्यानले राम्रो अपेक्षा गरेका छन् ।
यद्यपी, फिल्मलाई लिएर चर्चामा प्रियंकासँगै कटरीना कैफ पनि यो फिल्ममा देखा पर्ने हल्ला भए पनि फिल्म निर्माण पक्षले यो विषयलाई लिएर कुनै पनि आधिकारीक धारणा ब्यक्त गरेका छैनन् । प्रियंका चोपडा पछिल्लो समय २०१६ मा फिल्म ‘जय गगाजल’ मा देखिएकी थिइन ।
यसपछि उनी हलिउड छिरेकी थिइन अहिले उनी हलिउड सीरियल ‘कांटिको’ को शुटिङमा ब्यस्त रहेकी छिन भने ‘भारत’ फिल्मको शुटिङको लागी चाडै नै भारत आउने पनि भएकी छिन् । प्रियंका यो फिल्मबाट लगभग २ बर्षपछि बलिउडमा फर्कन लागेकी हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा