सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सोलुखुम्बु, बैशाख ३ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटनाबाट बचेको छ । सोमबार अवतरणका क्रममा जहाज रन वे मा नियन्त्रण गुमाएर केहिबेर ढलपलाएको र अगाडीको भाग उठ्न खोजेको थियो ।
समिट एयरको जहाज अवतरण गरेर रनवेमा कुँदिरहेका बेला एक्कासी ढलपलाउँदै पछाडीको भागले रनवेमा छोएको भिडियोमा देख्न सकिन्छ।
रनवेमा जहाजमा समस्या देखिएपछि केहीबेरमा जहाज बल्लतल्ल पार्किङ एरियामा पुर्याएका थिए। समिट एयरले यो दुर्घटनाको बारेमा आधिकारिक केही बताएको छैन ।
भिडियोमा हेर्नुहोस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा