सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सीरियामा चलीरहेको तनावबाट अन्तराष्ट्रिय बजारमा पेट्रोल–डिजेलको मुल्यले आकाश छुन सक्ने अनुमान गरिएको छ । अब अन्तराष्ट्रिय स्तरमा गहिरीदै गएको संकटले गर्दा पेट्रोलियम पदार्थको मुल्यमा अझ बुद्धि हुने देखिन्छ । सीरियामा भएको अमेरीकी आक्रमण पश्चात रुस र अमेरीका विच असमझदारी बढ्दै गईरहेको छ । तनाव यती बढ्दै गईरहेको छ कि जानकार हरुको भनाई अनुसार तेस्रो विश्व युद्धको शुरुवात भएको महशुस गरेका छन् ।
अहिले हेनै हो भने विश्वभरको शेयर बजारमा पनि गिरावट आएको छ । सीरियामा अमेरीकी मिसाइल बर्सिदाको असर तपाईको खल्तीमा पनि पर्न सक्छ । कारण हो अचानक कच्चा तेलको मुल्यमा अत्यधिक बृद्धि । यदी यही क्रम चल्ने हो भने भारतमा पनि पेट्रोलियम पदार्थको मुल्य पनि बढ्न सक्छ ।
८० डलर भन्दा माथि जान सक्छ क्रुड आयल
क्रुड आयलको मुल्य तिन बर्ष पछिको सबैभन्दा उच्च विन्दुमा पुगीसकेको छ । यो अवस्थामा सीरिया संकट र ईरानमाथि प्रतिबन्धको तयारीले भारतमा पेट्रोल–डिजेलको मुल्यमा असर पर्ने निश्चित छ । रिसर्च फर्म जेपी मार्गनका अनुसार ब्रेंट क्रुडको मुल्य ८० डलर प्रति ब्यारल भन्दा माथि जान सक्दछ । हाल ब्रेंट क्रुड वाइल ७१.८५ डलर प्रति ब्यारल छ ।
जेपी मार्गनका अनुसार अमेरीकाको सीरियामाथि हमलाको कारण मध्य पुर्वमा तनाव बढेको छ । साथै ईरानमा पनि अमेरीकाले नयाँ प्रतिबन्ध लगाउने तयारी गरीरहेको छ । यस्तो भएमा क्रुड आयल को मुल्यमा धेरै उछाल देख्न सकिनेछ । यदि कच्चा तेलको मुल्य ८० डलरसम्म पुगेमा भारतमा पनि प्रत्यक्षरुपमा यसको असर पेट्रोल–डिजेल माथि पर्दछ ।
भारतीय आयल निगमले अधिकांश तेल अन्य देशबाट आयात गर्दछ साथै यसको भुक्तानी पनि अमेरीकी डलरमा नै गर्दछ । यदी ब्रेंट क्रुड आयलको मुल्यमा बुद्धि भएमा उनीहरुलाई भुक्तानी पनि बढाएर गनुपर्ने हुन्छ ।
तेल आयात मुल्य बढेसँगै कम्पनिले मुल्य पनि बढाउनेछ र यसको प्रभाव प्रत्यक्ष रुपमा नेपालमा पनि पर्दछ किनभने नेपालमा चाहिने पेट्रोलियम पदार्थ प्राय भारतीय आयल निगमबाट आयत गर्दछ । भारतमा मुल्य बढेसँगै नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मुल्य बढ्छ जसको मारमा नेपाली जनता पनि पर्नेछन् ।
डलरको भाउँ बढेसँगै रुपैया पनि कमजोर हुन्छ । यसले महंगाई पनि बढ्ने खतरा हुन्छ । रुपैया कमजोर हुदा सबै आयातको मुल्य पनि महंगो हुन्छ । साथै कच्चा तेलको मुल्य पनि बढि तिनु पर्ने हुन्छ जसको सिधा असर सरकारको राज्यकोषमा पनि पर्दछ । यो सँगै सरकारको ऋण बढ्छ र ऋण बढेसँगै घाटा पनि बढ्दै जान्छ । जसले आम जनतामा पनि दोहोरो मार पर्ने आशंका हुन्छ ।
गएको हप्तामात्र अमेरीका, ब्रिटेन र फ्रान्सले संयुक्त रुपमा सीरियामा मिसाइल आक्रमण गरेका थिए । यो आक्रमणपछि मध्य पुर्वमा तनाव निरन्तर बढिरहेको छ । कच्चा तेलको मुल्यमा यसको असर प्रत्यक्ष देखियो । पछिल्लो हप्ता ब्रेंट क्रुट को मुल्य ८.६ प्रतिशतले बढेर नोभेम्बर २०१४ पछि को सबैभन्दा बढि मुल्यमा पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा