सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख ३ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बीच पार्टी एकताका विषयमा छलफल भइरहेको छ । दुईजना शीर्ष नेताहरुबीच १० दिनपछि पार्टी एकताको विषयमा छलफल भइरहेको हो । दुई शीर्ष नेताको बैठक झण्डै १ घण्टादेखि बालुवाटारमा चलिरहेको छ । एमाले र माओवादीबीच आउँदो ९ गते पार्टी एकताको घोषणा गर्ने तयारी छ ।
दुई दलबीचको एकताको मोडालिटी तय गर्न बनेका दुईवटा कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाए पनि शीर्ष नेतृत्वस्तरमा छलफल नै हुन नसकेको हो । एमाले नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको संगठन तथा विधान मस्यौदा समितिले आ–आफ्ना प्रतिवेदन शीर्ष नेतालाई बुझाइसकेका हुन् ।
पछिल्लो समय माओवादी केन्द्रले केन्द्रीय समितिमा बराबरी हैसियत नभएसम्म एकता नगर्ने अडान लिएपछि एकताको कुरा अड्किएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा