भर्खरै

म्यानचेस्टर युनाइटेड हार्दा पाँच खेल अघिनै सिटीले जित्यो प्रिमियर लिगको उपाधि

Kumari Bank


एजेन्सी, बैशाख ३ । इंग्लीस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार म्यानचेस्टर युनाइटेड रेलिगेशन जोनको पुछारमा रहेको वेस्ट ब्रुमसँग १–० ले पराजित भएपछि सिटीले लिगमा पाँच खेल खेल्न बाँकी रहँदै उपाधि कब्जा गर्न सफल भएको हो। अंक गणितका हिसावमा म्यानचेस्टर सिटीले प्रिमियर लिग उपाधि जितेको हो ।

युनाइटेडले ३३ खेलबाट ७४ अंक जोड्ने थियो । अंकको अन्तर १३ मा झथ्र्यो । यस्तो अवस्थामा युनाइटेडले अन्य खेल जित्दै सिटी नजिक पुग्ने सम्भावना अझै जिवित हुन्थ्यो । तर अब युनाइटेडले सबै पाँच खेल खेल्दापनि १६ अंक जोड्न सक्दैन । हारसँगै युनाइटेडले सिटीलाई उपाधि सुम्पिएको हो ।

म्यान्चेस्टर युनाईटेड विरुद्ध वेष्ट ब्रोमलाई विजयी गराउन जे रोड्रिग्वेजले ७३ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो र सिटिलाई जित दिलाउन पर्याप्त भयो ।

लिगमा यतिबेला म्यानचेस्टर सिटीको ३३ खेलबाट ८७ अंक छ । दोस्रो स्थानको युनाइटेडको ३३ खेलबाट ७१ अंक बटुल्दै युनाइटेड सिटीभन्दा १६ अंकले पछि पर्यो । यदि युनाइटेडले वेस्टब्रमसँगको खेल जितेको भए ५ खेल अगावै सिटीलाई खेल जित्न मुश्किल पथ्र्यो ।

३३ खेलमा दुईवटामा मात्र पराजय भोगेको सिटीले ९३ गोल गरेको छ भने २५ गोलमात्र खाएको छ ।

म्यान सिटीको यो उपाधि पछिल्लो सात सिजनमा तेस्रो लिग उपाधि हो भने क्लवका लागि अहिलेसम्मको पाँचौ उपाधि हो ।

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको अर्को खेलमा आर्सनललाई न्युकासल युनाईटेडले २(१ ले हराएको छ ।

LIC



Ime Inside