सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २ । काठमाडौंका सात स्थानमा मात्र सार्वजनिक कार्यक्रम र विरोध प्रदर्शनका गर्न पाइने भएको छ । आइतबार जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी सार्वजनिक कार्यक्रम र प्रदर्शन गर्नका लागि सात स्थानलाई तोकेको हो।
सरकारले देशभरि विरोध र प्रदर्शन गर्न निश्चित ठाउँ तोक्ने पनि भएको छ। गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई विरोध प्रदर्शनको लागी निश्चित ठाउँ तोक्न निर्देशन दिएको छ।
यसअघि गएको फागुन ८ गते सरकारले उपत्यकाका ६ स्थानमा विरोधका कार्यक्रम गर्न नपाउने निषेधित क्षेत्र घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सुचना जारी गरी राष्ट्रपति भवन शितल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन नयाँबानेश्वर, सिंहदरवार, उपराष्ट्रपति निवास र निर्वाचन आयोग रहेको भवन वहादुर भबनबाट उत्तरतर्फ केशरमहल चोक वरपरको क्षेत्रलाई विरोध प्रदर्शन गर्नमा रोक लगाएको थियो।
काठमाडौं जिल्ला प्रशासनले वैशाख १६ गतेदेखि लागु हुनेगरी यि सात स्थललाई सार्वजनिक कार्यक्रम र विरोध प्रदर्शनका लागि छुट्याएको छ।
-खुलामञ्च
– तीनकुने खुल्ला चौर कोटेश्वर
– भगवानपाउको भुईंखेलचौर
-पेप्सीकोला खेलमैदान
– सानो गौचरण फुटबल मैदान
– लैनचौर समाज कल्याण परिषद् अगाडिको खुल्ला स्थान
– सिफल चौर गौशाला
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा