सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख २। सरकारले आजदेखि शुरू गरेको विद्यार्थी भर्ना अभियानमा काँग्रेस नेता तथा काठमाडौं ४ का सांसद गगनकुमार थापापनि सहभागी भएका छन् । प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा सरकारले आर्थिकरुपले विपन्न बालबालिकालाई पढाउनका लागि राजनीतिक दलका नेता, सरकारी कर्मचारी र व्यवसायीहरुलाई कक्षा १२ सम्मको शिक्षाको जिम्मा लिन आग्रह गरेको थियो ।
सरकारले शुरू गरेको विद्यार्थी भर्ना अभियानमा सहभागी हुँदै थापाले मैले बुढानिलकण्ठ नगरपालिका, चुनिखेलको वालउद्वार विद्यालयमा कक्षा १ मा रशिका श्रेष्ठलाई भर्ना गरे। अब कक्षा १२ सम्मको उनको अध्ययन, पाठ्यपुस्तक, पोशाक लगायतको सम्पुर्ण जिम्मेवारी मेरो हुनेछ। पढ्न नपाएका थुप्रै भाइवहिनीहरू हाम्रो वरिपरि नै छन् । हाम्रो सानो सहयोगले तिनले पढ्न पाउनेछन।
यही बिद्यालयमा पनि यस्तो आवस्यकता भएका अन्य धेरै विद्यार्थीहरु छन् ।आउनुहोस् अभियानमा सहभागी बनौं । ‘ म बन्छु जिम्मेवार:कर्तब्य संगै अधिकार ‘।
फेसबुक पेज :
सरकारले आजबाट शुरू गरेको विद्यार्थी भर्ना अभियानमा सहभागी हुँदै आज मैले बुढानिलकण्ठ नगरपालिका, चुनिखेलको वालउद्वार…
Posted by Gagan Thapa on Sunday, April 15, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा