सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख २ । पछिल्लो हप्ता जोधपुर अदालतले सलमान खानलाई कालो हरिण शिकार घट्नामा सजाय सुनाएको थियो । सीजीएम देव कुमार खत्रीले ५ अप्रिलमा घटनालाई लिएर सलमानलाई ५ बर्षको कैद सजाय सुनाएको थियो, साथै उनीमाथि १० हजार रुपैया जरिवाना पनि लगाएको थियो ।
फेरी २ दिनपछि उनी जमानतमा जेलमुक्त पनि भएका थिए, तर सलमानलाई २ रात जोधपुर सेन्ट्रल जेलमा कैदी नं १०६ बनेर बस्नु परेको पनि थियो ।
अब वाइल्डलाइफ क्राइम कंट्रोल ब्युरोको वेबसाइटमा अपराधिको सुचीमा सलमान खानको पनि नाम जोडिएको छ । यो सुचीमा कुल ३९ अपराधिको नाम सुचीकृत गरीएको छ । जसमा सलमानको नाम उनको फोटोसँगै सुचीको अन्तिम नम्बरमा राखिएको छ र उक्त फोटोसँगै उनको ठेगाना लगाएत उनलाई अदालतले सुनाएको सजाएको जानकारीहरु देखाइएको छ ।
यो सुचीमा सलमानको साथ साथै ती सबै उपराधिहरुको नाम समावेश गरीएको छ जसले बन्य जिबजन्तुसँग जोडिएको अपराध गरेका छन् ।
(फोटो साभार: wccb.gov.in)
अपराधिको सुची हेर्न तलको लिङकमा क्लिक गनुहोस्
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा